उपनिर्वाचन

इलाम-२ मा डम्बर खड्काले लिए सुरुवाती अग्रता



काठमाडौँ।

इलाम क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ।

हालसम्मको गणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत प्राप्त गरेका छन् ।

यस्तै रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्