शंखमूलको दोभान चोकमा आगलागी



काठमाडौँ।

काठमाडौं शंखमूलस्थित दोभानचोकमा आगलागी भएको छ।

आइतबार दिउँसो दोभानचोकस्थित मोटरसाइकल वर्कशपबाट आगलागी सुरु भएको र त्योसँगै जोडिएका कार वर्कशप र दुई टहरामा आगलागी भएको छ।

अहिले आगो निभाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्