इलाम-२ मा मतगणनाको तयारी



काठमाडौं ।

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ।  मतपेटिका सङ्कलनमा ढिलाइ भएपछि मतगणना कार्य आज हुने भएको हो। यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका सङ्कलन सकिने भए पनि राति ढिलो गरि मतपेटिका मतगणना स्थलमा पुर्‍याइएको छ।

इलाम- २ को मतगणना  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिँदै छ। मुख्य निर्वाचन कार्यालयका अनुसार सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने छ। त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र सङ्कलन भइसक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणना स्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाई मार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन्। त्यसपछि मात्र बझाङको मत गणना सुरु हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्