उपनिर्वाचन : मतदानको समय सकियो



उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ। इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)मा आज बिहान ७ बजेदेखि मतदान भएको थियो।

आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको मतदानको समय सकिएको हो।

प्राम्भिक तथ्यांकानुसार इलाम–२ मा ६६ हजार हाराहारी मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । यो भनेको ५७ प्रतिशत मतदान हो ।

इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् ।

यस्तै बझाङमा साढै ४ बजेसम्म ४८ प्रतिशत मतदान भएको छ।

प्रतिक्रिया दिनुहोस्