इलाममा ६८ प्रतिशत मत खस्यो



इलाम।

इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ६८ प्रतिशत मत खसेको छ । अहिले ४ बजेसम्मको तथ्यांक अनुसार ६० हजार मत खसेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार खसेको मत सङ्ख्याको आधारमा यो ६८ प्रतिशत मत हो । इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्