नेपाल चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित



काठमाडौं ।

नेपाल चिया विकास निगम लिमिटेड अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।

माघ २६ र २७ गते नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सहआयोजनामा नारायणी नदी किनारमा आयोजित नेपालमा उत्पादित चियाहरूको वृहत् प्रदर्शनी तथा टी टेस्टिङ्ग कार्यक्रममा लिमिटेडको ‘कन्याम चिया बगान’ २०२३ को उत्कृष्ट बन्दै गोल्ड विजेता बन्न सफल भएको हो।

कार्यक्रममा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । जहाँ विभिन्न चिया उत्पादक कम्पनीहरुले आ-आफ्नो उत्पादनका प्रदर्शनी गरेका थिए।

प्रदर्शनीमा ८औं एसिया टी कम्पिटिसन-२०२३ समेत आयोजना गरिएको थियो । सो कम्पिटिसनमा नेपाल चिया विकास निगमको कन्याम बगानको चियाले गोल्ड विजेता पाएको हो।

गोल्ड विजेता निगमका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघइलाई कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सम्मान गरेका थिए।

प्रत्येक साल चीनमा विश्वभरिका १७ चिया उत्पादन गर्ने देशहरु बीच हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगमले सहभागिता जनाएको थियो।

निगमको कन्याम चिया बगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो।  परस्कारले नेपाली चियालाई अर्न्तराष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न निकै ठूलो टेवा दिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्