धादिङको सक्सेस एकेडेमी जापानमा सम्मानित



काठमाडौँ।

शिक्षाको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको धादिङको गल्छी गाउंपालिका ६ मा रहेको सक्सेस एकेडेमी जापानमा सम्मानित भएको छ ।
शिक्षा क्षेत्रका बारेमा नेपालभर अनुसन्धान गर्दै आएको कलेज रिडर म्यागजिनले गरेको अनुसन्धानमा सो स्कुल उत्कृष्ट भएपछि जापानको टोकियोमा रहेको एभरेस्ट ईन्टरनेशनल स्कुल-कलेजमा सो बिद्यालयलाई सम्मान गरिएको थियो ।

बागमती प्रदेश भित्र संचालित निजी बिद्यालय मध्ये उक्त स्कुलले दिने गरेको शिक्षा, पढाउने पद्धती र स्कुल संचालन गर्दा अप्नाउनु पर्ने बिधिलाई पूर्ण रुपमा पालना गरेको पाइएकाले सो बिद्यालयलाई उक्त पुरस्कार प्रदान गरिएको कलेज रिडर म्यागजिनले जनाएको छ ।

उक्त पुरस्कार जापानकालागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले प्रदान गरेका थिए । उक्त पुरस्कार सो बिद्यालयका अध्यक्ष शिव अधिकारीले ग्रहण गरेका थिए।

कार्यक्रममा नेपालका संघीय सासद टिएल चौधरी, एनाआरएन जापानका अध्यक्ष नबिन निउरे लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्