बेल्जियमका लुकाकुले लिए संन्यास


यो वर्ष एकपछि अर्को गर्दै लिजेन्ड फुटबलरहरूले संन्यास लिएका छन् । तीमध्ये मुख्यतया लिजेन्डहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी र ब्राजिलका नेयमारले संन्यास लिएका हुन् । यही क्रममा पछिल्लोपटक संन्यास लिनेमा लिजेन्ड फुटबलर बेल्जियमका रोमेलु लुकाकु हुन् ।

३३ वर्षीय लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको सोमबार उनको इन्स्टाग्राममार्फत् जानकारी दिएका हुन् । उनले बेल्जियमका लागि १६ वर्षसम्म फुटबल खेले । उनले त्यति लामो समयमा १३५ खेल खेलेर ९४ गोल गरेका छन् । उनी बेल्जियमका लागि सबैभन्दा बढी गोल गर्ने खेलोडी हुन् ।

पुरुषको अन्तर्राष्ट्रिय फुटबलतर्फ सबैभन्दा बढी गोल गर्ने सूचीमा लुकाकु पाँचौं स्थानमा रहेका छन् । उनीभन्दा अगाडि क्रिस्टियानो रोनाल्डो (१४६ गोल), लियोनेल मेसी (१२६ गोल), अलि दाइ (१०८ गोल) र सुनिल क्षेत्री (९५ गोल) रहेका छन् ।

लुकाकुले मार्च २०१० मा क्रोएसियाविरुद्ध डेब्यु गर्दै अन्तर्राष्ट्रिय फुटबलमा कदम चालेका थिए । त्यो खेलमा भने बेल्जियम १–० ले हारेको थियो । उनले पहिलो अन्तर्राष्ट्रिय गोल १७ नोभेम्बर २०१० मा रुसविरुद्ध गरेका थिए । यो खेलमा २–० को जित भएको थियो ।

४ विश्वकप खेलेको

लुकाकुले १६ वर्षको उमेरमै बेल्जियमका लागि डेब्यु गरेका थिए । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट चार पटक फिफा विश्वकप खेलेका थिए । उनले २०१४, २०१८, २०२२, २०२६ का विश्वकपमा खेलेका हुन् ।
जसमा रुसमा भएको २०१८ को विश्वकप बेल्जियमको सबैभन्दा राम्रो बनेको थियो । यो विश्वकपमा बेल्जियम तेस्रो स्थानमा रहेको थियो । साथै उनले ३ युरोपियन प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।