रामेछाप ।
नेपाली काँग्रेस रामेछापको १५ औँ नियमित जिल्ला अधिवेशन आगामी मङ्सिर १४ गते हुने भएको छ। नेपाली काँग्रेस रामेछाप इतर समूलले आज पत्रकार सम्मेलन गरी जानकारी गएका हुन् ।
१५ औँ रामेछाप जिल्ला अधिवेशन तयारी समितिका संयोजक जीत बहादुर मगरको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको तयारीलाई तीव्रता दिँदै विभिन्न समिति र पालिका संयोजकहरू तोकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
अधिवेशनलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न गठन गरिएका समितिहरूको संयोजकमा प्रचार प्रसार समितिमा राम कृष्ण खड्का, आर्थिक व्यवस्थापनमा रमेश खड्का, मञ्च तथा भोजनमा झनक बहादुर श्रेष्ठ, स्वयं सेवकमा ऋषिवि थापा मगर र आवाश व्यवस्थापनमा दिनेश कुमार घिमिरेलाई जिम्मेवारी दिइएको छ।
यसै गरी जिल्लाका स्थानीय तहहरूमा समन्वय तथा व्यवस्थापनका लागि पालिका संयोजकहरू समेत चयन गरिएको छ। जसअनुसार उमाकुण्ड गाउँपालिकामा जीत बहादुर कटुवाल, गोकुलगंगा गाउँपालिकामा चन्द्र बहादुर सुनुवार र लिखु तामाकोसी गाउँपालिकामा सञ्जय तामाङ संयोजक तोकिएका छन्। त्यस्तै रामेछाप नगरपालिकामा ऋषिवि थापा मगर, मन्थली नगरपालिकामा अविराज खड्का, दोरम्बा शैलुङ्ग गाउँपालिकामा कृष्ण घिसिङ, सुनापति गाउँपालिकामा सुरेन्द्र कुमार घिसिङ र खाँडादेवी गाउँपालिकामा सुजन ढुङ्गेललाई पालिका संयोजकको जिम्मेवारी दिइएको तयारी समितिका संयोजक जीत बहादुर मगरद्वारा जानकारी दिनु भयो ।








तपाईंको विचार लेख्नुहोस्