प्रहरी दिवसमा शहादत प्राप्त प्रहरीका परिवार सम्मानित



काभ्रे। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ६८ औँ  प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रहरी दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रमका उत्कृष्टहरुलाई पुरस्कृत गरेकी थिइन्।

सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकहरुको सुरक्षाका लागि प्रहरीले खेलेको भूमिका सहनीय भएको बताउँदै हरेक नागरिक शान्तिपूर्ण बाँच्न पाउने, स्वतन्त्र पूर्वक व्यवसाय गर्न पाउने र समाजमा हुने विभिन्न घटना तथा अपराधीक घटनामा छानबिन गरी दोषीलाई कारबाही गरी समतामूलक समाज निर्माणमा प्रहरीले खेल्नु पर्ने भूमिका अझै सशक्त पार्न सुझाव दिइन्।

 प्रहरीले धार्मिक तथा सार्वजनिक स्थलमा वृक्षारोपण र सरसफाइ कार्यक्रमको आयोजना गरेको थियो भने स्थापना दिवसको अवसर पारी विद्यालय स्तरीय निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो ।

 सोही प्रतियोगिता तथा अन्य खेलकुद प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई सोही अवसरमा पुरस्कृत गरिएको थियो । प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने संघ संस्था, भूतपूर्व प्रहरी र कार्यरत प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो भने विभिन्न घटनामा शहादत प्राप्त प्रहरी कर्मचारीका परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले शान्ति सुरक्षा, अमन चयन र अपराध अनुसन्धानमा प्रविधि मैत्री प्रहरीको प्रमुख कार्य रहेको बताए । नागरिकहरुलाई कसरी धेरै भन्दा धेरै सेवा प्रवाह गर्ने तथा शान्ति सुरक्षा कायम गर्ने भन्ने योजनामा प्रहरीले २४ सै घण्टा कार्य गरिरहेको एसपी ढकालले बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्लामा भएका केही घटनामा सफलतापूर्वक अनुसन्धान गरेको छ । जसका कारण वित्तीय क्षेत्र तथा नागरिकहरुको सुरक्षामा प्राथमिकता दिँदै शान्तिपूर्ण समाज निर्माणमा योगदान पुगेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला महान्यायाधिवक्ता शम्भुकुमार बस्नेतले बताए ।

कार्यक्रममा नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, शशस्त्र प्रहरीका एसपी अच्युत मजगैया, राष्ट्रिय अनुसन्धानका प्रमुख राजन प्रजापति, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व प्रहरी संगठन काभ्रेका अध्यक्ष मनोरथ आचार्य लगायतले प्रहरीले प्रदान गरेको सेवा र गुणस्तरका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्