मलेसियाले गाजामा मानवीय सहायताका लागि सामाग्री पठाउने



कवाललम्पुर । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गाजामा खाद्यान्न सहायता र औषधिहरू पठाउन मलेशिया तत्पर रहेको जनाएका छन् ।

हमास नेता इस्माइल हानियालाई ‘प्यालेस्टिनी जनताको लागि अटल समर्थन’ रहेको जनाउँदै मलेसियाले मानवीय सहायताका लागि औषधीलगायतका सामाग्री पठाउन तप्पर रहेको जनाएका हो ।

‘गाजाको डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै म बमबारीलाई तुरुन्तै बन्द गर्न र रफाहमा मानवीय कोरिडोरको स्थापनाको लागि कडा वकालत गर्दछु’ अनवरले सोमबार हानिहसँग फोनमा कुरा गरेपछि सोशल मिडियामा पोस्टमा भनेका छन्  ।

‘इजरायलले विस्थापनको राजनीति गर्न नहुने, हमाससँग तुरुन्त युद्धविराम गर्नु र जारी द्वन्द्व अन्त्य गर्न शान्तिपूर्ण समाधान खोज्नु पनि अनिवार्य छ,’ उनले भनेका छन् ।

‘यो संकटबाट प्रभावित सबै व्यक्तिहरूको कल्याण र सुरक्षालाई प्राथमिकता दिन महत्त्वपूर्ण र सर्वोपरि छ। यस भावनामा हामी मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भनेका छन, ‘विशेष गरी खाँचोमा परेकाहरूको पीडा कम गर्नको लागि खाना र औषधिको रूपमा सहयता पठाउने छौं ।’

प्रतिक्रिया दिनुहोस्