नारदमुनि गोल्डकप सुरु



उदयपुर। 

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा आज शनिबारबाट नवौँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० सुरु भएको छ। शनिवार  एक कार्यक्रमका बिच चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाले नवौँ संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप उद्घाटन गरेका हुन् ।

शनिवार  भएको उद्घाटन खेलमा बसाहा क्लब उदयपुर  र “एभरेस्ट एफ सी सुनसरी” आमुन्नेसामुन्ने भएका थिए।
खेलमा “एभरेस्ट एफ सी सुनसरी”  बसाहा क्लब उदयपुरसँग २-१ गोल अन्तरले पराजित भएको छ।

खेलको पहिलो हाल्फ दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए।

दोश्रो हाफको ५औं  मिनेटमा बसाहाका  खेलाडीको प्रहार एभरेस्ट क्लब सुनसरीका जर्सी नम्बर ४ का योगेस राईको खुट्टा लागेर गोलमा परिणत हुँदा   बसाहा क्लबले सुरुवाती अग्रता लिएको थिए।

खेलको १९औं मिनेटमा बसाहा क्लवकाू का जर्सी नम्बर २३ का जसबहादुर राईले गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रता  दिलाउन सफल भएका थिए।

खेलको २६औं मिनेटमा एभरेस्ट एफ सीका जर्सी नम्बर १० का निशान लिम्बुले गोल गर्दै आफ्नो टोलिलाइ २-१ को अवस्थामा पुर्‍याएका थिए।क्याप्टेन समेत रहेका निशान लिम्बुको गोल जितको लागि प्रयाप्त नहुँदा एभरेस्ट एफ सी पराजित बनेको हो।

प्रतियोगितामा प्रथम हुने टिमालाई नगद ४ लाख १ हजार  र दोस्रो हुनेलाई २ लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बसाहा क्लबका अध्यक्ष  गौतम राईले जानकारी दिए।

प्रतियोगिता अन्तर्गत भोलीको खेल न्यु त्रियुगा स्पोर्टिङ क्लब सप्तरी र ब्रीगेड ब्वाइज क्लब झापा बिच हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्