आजदेखि काठमाडौंमा ‘पिएचडी फेस्टिबल’ हुँदै



काठमाडौं । आजदेखि काठमाडौंमा पिएचडी (विद्यावारिधि) फेस्टिबल सुरु हुने भएको छ ।

असोज २२-२३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं विद्यावारिधि उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा विषय विज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक-अर्कालाइ अनुभव सुनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्