त्रिविको चलाखी:  त्रिविसभा बैठकमा बोलायो, सदस्यको मनोनयन पत्र दिएन

१२ गैरकानुनी सदस्य राखेर सिनेट बैठक 

3.67k
Shares

काठमाडौँ ।

 त्रिभुवन विश्वविद्यालयले अवैध त्रिविसभा सदस्य सहभागी गराएर बैठक सम्पन्न गरेको  खुलेको छ । त्रिवि सभा स्थगित हुने भयले सभा हुनु ४ दिन प्राध्यापक र विद्यार्थी र कर्मचारीका संगठनका पदाधिकारीसहित  १२ जनालाई त्रिवि सभामा उपस्थितिको लागि पत्राचार गरेको थियो । 

 त्रिवि सभाका सदस्यसचिव एवं शिक्षाध्यक्ष प्राडा अञ्जना महर्जन सिंहले असोज १६ गतेको मिति उल्लेख गरी पत्र पठाएका थिए । पत्रमा सभामा उपस्थिति हुन मात्र आग्रह गरिएको थियो । पत्र आएपछि मख्ख हुँदै आज बिहीबार सम्पन्न त्रिवि सभाको बैठकमा उपस्थित गैरकानुनी सदस्यहरुले त्रिवि सभा सदस्य नियुक्ति भएको पत्र नपाएको बल्ल थाहा पाए । 

 त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले उपस्थितिमा मात्र हाजिर गर्नुभयो ।  सदस्यको हैसियतमा कहीँ हस्ताक्षर गर्नुभएन । बैठकपछि न्युज आफ नेपालले राखेको जिज्ञासामा उहाँले भन्नुभयो–पत्र दिएको छैन । हामी त्रिविसभा सदस्य होइन । बैठकमा मात्र बोलाएको हो । 

 सरकारले अध्यादेश जारी गर्दा त्रिवि सभा सदस्यस्वत निलम्बन भएको थियो । पदेन बाहेक राजनीति दल आबद्ध शिक्षक, कर्मचारी र विद्यार्थीलाई कुनै भूमिका नदिने भन्दै सभाको बैठकमा बोलाइएन । त्रिविसभा भाँडिने डरले बैठकमा उपस्थितिको लागि मात्र बोलाएको थियो । बैठकमा बोलायौ, त्रिवि सभा सकियो । अब हामीलाई पत्र दिन्छन् कि दिदैनन ? कुरिरहेका छौ–कर्मचारी संघका अध्यक्ष कार्कीले भन्नुभयो । 

 त्रिविले चलाखी गर्दै फसाएको विषयमा त्रिवि सभा सदस्यलाई थाहै छैन । त्रिवि सभा सदस्य एवं त्रिवि प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालले सिनेटर नियुक्ति भएको पत्र प्राप्त नभएको बताउनुभयो । भन्नुभयो–नियुक्ति पत्र पाएका छैनौ । तैपनि बैठकमा बसेर फर्कियौ । उहाँले त्रिबिले सदस्यको नियुक्ति पत्र हस्तान्तरण नगरेर ठुलो धोका दिएको बताउनुभयो । 

यसअघि सरकारले राजनीतिक दल आबद्ध प्राध्यापक , कर्मचारी र स्वतन्त्र विद्यार्थी युनियन राजनीतिक दलको संगठन भन्दै बहिष्कार गरेको थियो ।   त्रिवि सभा सदस्य उल्लेख नगरी दिएको पत्रमा प्रधानमन्त्री,त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्षबाट स्वीकृति भई आए अनुसार त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद १७ को नियम ६२ (क) को व्यवस्थाबमोजिम त्रिभुवन विश्वविद्यालय सभाको ६७ औं वार्षिक दिवस बैठक र सोही नियमको ६२ (ख) को व्यवस्था बमोजिम त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु–सिंहद्धारा पठाएको पत्रमा उल्लेख छ ।

त्रिबिले स्ववियु सभापतिमध्ये २ जना, नेपाल प्राध्यापक संघ,त्रिवि कर्मचारी  कर्मचारी संघ, त्रिवि प्राध्यापक संघका अध्यक्ष, नेपाल पब्लिक क्याम्पस संघबाट दुईजना र त्रिवि क्याम्पस संघका सभापति र सचिवको एकल संक्रमणिय मतका आधारमा निर्वाचित ५ जना गरी १२ जनालाई उपस्थितिपत्र पठाएको छ । सो पत्रमा सिनेट सदस्य उल्लेख छैन। 

हिजोको बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । त्रिविको आर्थिक वर्ष ०८३-०८४ को बजेट ३० अर्ब छ । बैठकले दीक्षान्त समारोहमा उपस्थित हुने त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकका अवसरमा रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले ६४ औँ ग्रेस लिस्टको संक्षिप्त विवरण पारित भएको छ। 
प्रधानमन्त्री एवं त्रिविका कुलपति बालेन्द्र शाहको अध्यक्षतामा आयोजित उक्त बैठकमा प्रस्तुत विवरण अनुसार २०८२ असार १ गते देखि २)८३ असार मसान्त सम्म ट्रान्सक्रिप्ट लिएका जम्मा ९५ हजार ५४० जना विद्यार्थीहरू यस ग्रेस लिस्टमा समावेश रहेका छन्। कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५  प्रतिशत र साधारणतर्फ ८४ प्रतिशत छन् ।