अफगानिस्तानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेकाे संख्या २ हजार नाघ्याे



काठमाडाैं ।

अफगानिस्तानमा  ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए।

एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ। अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ।

भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल, सैनिक शिविरमा राखिएको हेरातको स्वास्थ्य विभागका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्