एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट, अध्यक्षमा ३ जना आकांक्षी



कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन हुँदैछ । धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्