काठमाडाैंबाट लुक्ला उडेका हेलिकोप्टर लामीडाँडामा आकस्मिक अवतरण



काठमाडौं ।

काठमाडौंबाट सोलुखुम्बुको लुक्ला विमानस्थलका लागि उडेका हेलिकोप्टर खोटाङको लामीडाँडामा आकस्मिक अवतरण गरेका छन्।

काठमडाौंबाट उडेका हेलिकोप्टर लुक्लामा खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सात वटा हेलिकोप्टर लामीडाँडामा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए।

पर्यटक बोकेका हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा बिश्राम लिएको वडाध्यक्ष विरेन्द्र मगरले बताए। मौसम सुधार भएसँगै हेलिकोप्टर गन्तव्यतर्फ उड्न थालेको वडाध्यक्ष मगरले बताए।

२०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडामा लुक्लामा आवतजावत गर्ने हेलिकोप्टरले आकस्मिक अवतरण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्