बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प



काठमाडाैं ।

 सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। ‍राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।

मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि आजसम्म दर्जनौं पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार ३स्०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ म्याग्निच्युड, ५:१९ बजे सेली केन्द्रविन्दु भएर ५ म्याग्निच्युड र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो। केन्द्रका भूगर्भविद् डा.लोकविजय अधिकारीले नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुन पनि बेला भूकम्प जानसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्