प्रधानमन्त्री प्रचण्ड बझाङमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् ।

आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ पुगेको उनको सचिवालयले बताएको छ ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि प्रधानमन्त्रीसँगै बझाङ पुगेका छन् ।

बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्