ईशाद्वारा कास्टिङ काउचको खुलासा



केही समययता कलिउडमा एक पछि अर्को गर्दै कास्टिङ काउचको विभिन्न घटना बाहिर आउन थालेका छन्।

यही क्रममा अभिनेत्री ईशा गुप्ताले पनि आफूमाथि भएको कास्टिङ काउचसम्बन्धी अनुभव सञ्चारमाध्यमसमक्ष बाहिर ल्याएकी छन्। स्पटबोई डट कमका साथ गरेको कुराकानीमा इशाले आफू फिल्मी करिअरको दौरान दुईपटक कास्टिङ काउचको शिकार भएको बताएकी हुन्। उनका अनुसार एक निर्माताले आफूबाट यौन अनुग्रह खोजिरहेको र त्यस प्रकारको क्रियाकलापमा संलग्न हुन नचाहेकोले उक्त फिल्ममा आफू नअटाएको बताएकी छन्। ती निर्माताको नाम उल्लेख नगरी उनले आफूले निर्माताले भनेबमोजिम नगरेकाले सो फिल्मबाट हटाउने चाहना राखेको बताए। ‘उक्त घटनापछि फिल्मका अन्य निर्माताले फिल्ममा राख्न इन्कार गरे। उनीहरू मलाई यदि, तिमी केही नै गर्न चाहँदैनौ भने तिमीलाई फिल्ममा राख्ने आधार के भनेर प्रश्न गर्थे’ ईशाले भनेकी छन्।

ईशाले दोस्रो घटनाको स्मरण गर्दै भनेकी छन् ‘यौटा फिल्ममा काम गर्ने क्रममा थिएँ। फिल्ममा जोडिएका दुई व्यक्तिले मलाई फसाउने योजना बनाएका रहेछन्। तर, म त्यो बेलासम्म बाठी भइसकेकी थिएँ र उनीहरूले के गर्न खोज्दैछन् भन्ने कुरा ठम्याउन सक्ने भइसकेकी थिएँ।’ आफूलाई फसाउने प्रयास गरे पनि आफ्नो बुद्धिमत्ताले सो फिल्ममा काम गर्दा आफू जोगिएको ईशाले बताएकी छन्। ‘उनीहरू आउटडोर सुटिङको बेला मलाई जालमा पार्ने योजना बनाइरहेका थिए। तर, मैले पनि म मेरो एक्लै सुत्ने बानी छैन भनेर महिला मेकअप आर्टिस्टलाई कोठामा सुताउने गर्थेँ’ उनले घटनाबारे खुलासा गरेकी छन्।

ईशाले फिल्म क्षेत्रमा भएका त्यस्ता व्यक्तिहरूले स्टार किडहरूलाई भने त्यस प्रकारको व्यवहारको हिम्मत नराख्ने बताएकी छन्। ‘त्यस्ता व्यक्तिले दुव्र्यवहार गर्न खोज्ने भनेको नयाँ कलाकारलाई मात्र हो। स्टार किड्ससँग भने त्यस्तो व्यवहार गर्न सक्दैनन्। किनभने, यदि उनीहरूले त्यस्तो व्यवहार गरे भने स्टार किड्सका अभिभावकले उनीहरूलाई बा“की राख्दैनन्’ उनको विश्लेषण छ। उनले बलिउडमा केही व्यक्तिको मानसिकता नै यदि कोही पनि नयाँ कलाकार फिल्ममा काम गर्न चाहन्छ भने उ जे पनि गर्न तयार हुन्छे भन्ने रहेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्