मिसेस नेपाल वल्र्डमा २३ महिलाको भिडन्त



मिसेस नेपाल वल्र्ड–२०२३ मा २३ महिलाबीच भिडन्त हुने भएको छ।

प्रतियोगिताको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले हालै राजधानीको नया“ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बीच विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताका उत्कृष्ट २३ प्रतिस्पर्धी सार्वजनिक गरेको हो।

स्यासिङ समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर प्रदान गरिएको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा विष्ट, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, टेककुमारी घले, मंगली सिलवाल, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का र सरु आर एल राणा सहभागी छन्। प्रतिस्पर्धीहरूले आफ्नो परिचय दि“दै प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे प्रष्ट पारेका थिए।

प्रतिस्पर्धीहरूले विभिन्न चरण पार गर्दै आगामी कात्तिक २ गते राजधानीमा हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ताजका लागि स्पर्धा गर्नेछन्। आयोजकका अनुसार उत्कृष्ट २३ प्रतिस्पर्धीलाई व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणमा सहभागी गराइनेछ। अन्तिम प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नेछन्।

अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस नेपाल वल्र्ड–२०२३ का अन्य उपउपाधि विजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। मिसेस नेपाल वल्र्ड–२०२३ को विजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस वल्र्ड–२०२२ की विजेता सरगम कौशल पनि सहभागी हुनेछिन्।

प्रतिक्रिया दिनुहोस्