कर्णालीमा प्रहरीको विशेष सुरक्षा गण स्थानान्त्रण



वीरेन्द्रनगर ।

कर्णाली प्रदेश स्थापनादेखि लुम्बीनि प्रदेशमा रहेका कर्णाली प्रहरीका संरचनाहरु कर्णालीमा स्थानान्त्रण हुन थालेका छन् । लुम्बीनि प्रदेशको नेपालगञ्जमा रहेको नेपाल प्रहरीको बिशेष सुरक्षा गण सुर्खेतको गुर्भाकोट नगरपालिका –१४ गुमीमा स्थानान्त्रण गरिएको छ ।

बिहिबार कार्यबाहक प्रत्रानमन्त्री पुर्णबहादुर खड्का, प्रदेशका अर्थमन्त्री बेदराज सिंह, कानुनमन्त्री कृष्णबहादुर जिसी, उर्जामन्त्री उर्मिला विक, प्रदेश प्रहरी प्रमूख भीम ढकाल सहितको टोलीले गुर्भाकोटका सर्दै गरेको नेपाल प्रहरीको बिशेष सुरक्षा गणको अनुगमन गर्दै लुम्बीनिमा रहेका नेपाल प्रहरीको कर्णालीमा रहने सबै संरचनाहरु कर्णालीमा सार्न थालिएको बताए ।

प्रदेश प्रहरी प्रमूख ढकालले भने, गण स्थापनाका लागि मर्मत सम्भार गरेर ३५ जना प्रहरी हाल बसेका छन् । गणमा ५ सय जना प्रहरीको दरबन्दी रहेको छ । कर्णाली प्रदेश सरकारले तत्काल मर्मत सम्भारका गरी बस्नका लागि १ करोड ९४ लाख रकम बिनियोजन गरेर अस्थायी संरचनाहरु निर्माण गरिएको छ । गण स्थापनाका लागि ४ विगाह क्षेत्रफलको जमीन गणका नाममा प्राप्त भईसकेको छ । हाल गणमा एसपी रामप्रसाद घर्तीले नेतृत्व सम्हालेका छन् ।

यहाँ गणमा कार्यरत प्रहरीले शान्ति सुरक्षाका लागि प्रदेशभर थप सुरक्षाका लागि तत्काल पुग्न सहज हुनेछ । छिटो प्रहरी परिचालन होस् भनेर गणबाट प्रहरी रुकुम ९पश्चिम० को चौरजहारी ७५ जना र दैलेखको राकम कर्णालीमा ५० जना तैनाथ गरिने कार्य योजना रहेको छ । जसमा हाल चौरजहारीमा प्रहरी पुगिसकेका छन् भने दैलेखमा पठाउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यबाहक प्रधानमन्त्री खड्काले संघीयतापछि पनि कर्णालीमा आउन नसकेका प्रहरीका संरचनाहरू स्थानान्तरण गर्न सुरु गरिएको बताए । उनले भने, हामीले जनताका बीचमा गरेका बाचा पुरा गर्ने प्रक्रियामा छौँ । त्यसैको एक अंश लुम्बीनिमा रहेका प्रहरीका संरचनाहरु कर्णालीमा सार्न सुरु भईसकेको छ । संघीयता भन्दा अगाडि साविक मध्यपश्चिमको सदरमुकाम सुर्खेत थियो । तर त्यसबेला सुर्खेतमा हुनुपर्ने अधिकांश प्रहरीका संरचना भने जग्गा प्राप्तीको समस्याका कारण नेपालगञ्जमा थिए ।

देश संघीयतामा गएपछि पनि कर्णालीमा हुनुपर्ने कतिपय प्रहरीका संरचनाहरू लुम्बिनीको नेपालगञ्जमै रहे । जग्गा र भौतिक संरचनाको अभावमा ती संरचनाहरू कर्णालीमा ल्याउन नसकिएको प्रदेश सरकारले बताउँदै आएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी विशेष सुरक्षा गण, प्रहरी तालिम केन्द्र, दंगा नियन्त्रण प्रहरी गण र केनाई (कुकुर) शाखा लुम्बिनीमै थिए । अब ती सबै संरचनाहरु कर्णालीमा सर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्