ससुरालाई  खुकुरी हान्ने बुहारी हिरासतमा



धादिङ ।

सिद्धलेक गाउँ पालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले  असाेज ६ गते गिरफ्तार गरेको छ ।
वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२ कि ३७ वर्षीया पार्वती सिलवाल र उनका देवर ३५ वर्षीय कुमार सिलवाल रहेका छन् ।

उनीहरुविरुद्ध प्रहरीले प्रारम्भिक अनुसन्धान गरी ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

आफूमाथि अमानवीय व्यवहार गरेकोले खुकुरी प्रहार गरेको पार्वतीले प्रहरीलाई जानकारी गराउनुभएको पनि जैसवारले बताए ।
घाइतेको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्