पाकिस्तानमा देश विरुद्ध लेखेको आरोपमा एक पत्रकार हिरासतमा


कराँची।

पाकिस्तानविरुद्ध लेखेको आरोपमा एक पत्रकारलाई अदालतले दुई दिन हिरासतमा पठाएको छ । ती पत्रकारलाई पाकिस्तानी संस्थाहरू विरुद्ध उत्तेजक फिचर तथा लेख लेखेको आरोप छ। पाकिस्तानी च्यानलका खालिद जमीललाई एआईएले बिहीबार पक्राउ गरेको थियो ।

एफआईएले आरोपितहरू विरुद्ध दर्ता गरेको एफआईआरमा जमीलले ट्विटरमा डरलाग्दो फोटो, भिडियो र ट्वीटहरू पोस्ट गर्ने गरेको बताएको छ। पाकिस्तानी प्रहरीका अनुसार आरोपित पत्रकारले गलत र भ्रामक जानकारी साझा गर्दै आएको र त्यो नरोकिए पछि पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार उनको यो ब्याबहारले जानाजानी गलत व्याख्या गरी राज्य विरोधी लेख लेख्ने मात्रै काम गरेनन, उनको कार्यले नागरिकमा डरसमेत पैदा गराउने कार्य गरियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।