सडकमा भेटिएको सालकको उद्धार



धादिङ। 

धादिङको नीलकण्ठ नगरपालिका– ४ खानीगाउँको सडक छेउमा फेला परेको संरक्षणको सूचीमा पर्ने सालकलाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।
पैदल हिँड्ने क्रममा गोपी कृष्ण भण्डारीले  सडकमा सालक भेटेपछि उनले उद्धार गरी डिभिजन वन कार्यालय धादिङलाई बुझाएका हुन् ।
यस वर्ष मात्रै तीन वटा सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले बताए ।

 सालक दुर्लभ वन्यजन्तु अन्तर्गत पर्दछ । उद्धार गरिएको सालक २६ इन्चको लम्बाइ, १६ इन्चको मोटाई सहित २ किलोग्राम ३०० ग्राम रहेको छ ।
‘सालक दुर्लभ वन्यजन्तु हो । किसानको त साथी नै हो । सालकले धमिरा खाइदिन्छ । वातावरण सन्तुलनमा पनि सालकको उस्तै भूमिका रहेको हुन्छ’,  मानन्धरले बताए।

उद्धार गरिएको सालकलाई सिद्धलेक गाउँपालिकाको सामुदायिक वनमा छोडिएको छ । आफ्नो गाउँघर वरपर सालक तथा अन्य दुर्लभ जीव जनावर देखे वन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन मानन्धरकाे आग्रह छ।

प्रतिक्रिया दिनुहोस्