आजबाट देशैभरीका सामुदायिक विद्यालय बन्द, शिक्षकहरु आन्दोलनमा



काठमाडौं । आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने भएको छ ।

आफना माग पूरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो ।

आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

‘बुधबारदेखि देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखि अनिश्चितकालिन विद्यालय बन्द हुँदैछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपूर्ती मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरुप्रति गम्भीर नभएपछि बाध्य भएर सडकमा आउनुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्