राजमार्ग बन्द गरेर सडक खन्दै आयोजना



धादिङ ।

 नागढुङ्गा मुग्लिन सडकको पुर्वी खण्ड अन्तर्गत धादिङको नौबिसे मुग्लिन सडक खण्डको विभिन्न स्थनमा डाँडा काटेर सडक फराकिलो पार्नका लागि रातको समयमा ४ घण्टा यातायात आवागमन बन्द गरिने भएको छ ।

नागढुङ्गा मुग्लिन सडकको पुर्वी खण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर-५ घाटवेशीबाट थाक्रे गाउँपालिका वडा नम्बर १ एक्लेफाँटसम्म सडक चौडा गर्नुपर्ने भएकोले हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै ०८० असोज ४ गतेदेखि असोज २० गतेसम्म हरेक राती ११ बजेदेखि बिहान ३ बजेसम्म एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधन बाहेकका सबै सवारी साधान संचालनमा रोक लगाईएको हो । खयरघारी, पोखरेखोला, चिरौँदीमा रहेको ठुलो पहाड काटेर सडक सिधा बनाउने काम गर्न सहजताका लागि राजमार्ग बन्द गरेर सडकको काम गर्नु परेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

 

नागढुङ्गा मुग्लिन सडकको पुर्वी खण्ड विस्तार सहजिकरण सम्बन्धि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले रातको समयमा कम सवारि साधन हुने भएकोले सडक बन्द गरेर घुम्ति काट्ने काम गर्न निर्य गरिएको हो । सम्पूर्ण सुरक्षा निकायका प्रमुख, सडक आयोजनाका आयोजना प्रमुख ईश्वरी बहादुर रिजाल, परामर्शदाता राजेन्द्र पौडेल, शर्मा लामा जेड आई सिजि जेभीका ज्ञानेन्द्र घिमिरे लगायतको सहभागितामा बैठक भएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनु भयो ।

नागढुंगा मुगलिन सडक खण्डमा चारपाङ्ग्रे र यसभन्दा ठुला सवारी साधन १४ हजार र मोटरसाईकल र स्कुटर १० हजार दैनिक संचालन हुने गरेको छ । सकडखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ । यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ । सडक आयोजना सम्पन्न गर्न २ वर्ष समय बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्