डमरुसँगै वितण्डा मच्चाउने बाघ समातियो



नवलपरासी  । 

नवलपरासी साथको डमरु छोपे पछि पूर्वी नवलपरासीको मध्य बिन्दु क्षेत्रमा वितण्डा मच्चाउने बाघ समातिएको छ । बाघले सोमबार राती मध्य बिन्दु २ नन्दपुरमा गोठमै २ गाई मारेको स्थानीयले बताए ।

यसैको अघिल्लो रात बाघले खोरबाटै स्थानीय सिखा थनेतको ५ वटा बाख्रा मारेको थियो । यसरी गाउँमा बाघ पसेर घर घरै गाई, बाख्रा सुँगुर मार्न थाले पछि त्रसित बनेका स्थानीयले यसलाई नियन्त्रणमा लिन निकुञ्जमा खबर गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट पशु चौपाया मार्ने बाघलाई नियन्त्रणमा लिन हात्ती सहित परिचालित सुरक्षा टोलीले सोमबार बेलुका सोही क्षेत्रबाट बाघको ७ महिने  डमरु नियन्त्रणमा लिएको थियो । निकुञ्जले  बंगाल टाइगर जातको डमरु नियन्त्रणमा लिएकै रात नन्दपुरमै बाघले बाख्रा छोडेर गाई माथि जाई लागि वितण्डा मच्चाएको हो ।

निकुञ्जका प्राविधिकहरूले मृत गाईको सिनो खान बाघ फर्केर आउने आशंकामा मंगलबार मचान बनाई दिउसै देखि कुरेर बसेका थिए । मध्यरात मृत गाईको सिनो खान अजङ्गको भाले बाघ आएपछि डाट गरी नियन्त्रणमा लिइएको वडाध्यक्ष रामभक्त अधिकारीले बताए।

अध्यक्ष अधिकारीका अनुसार स्थानीय जनजीवन त्रसित पार्ने बाघ नियन्त्रणमा आए पनि मंगलबार रात निकुञ्जबाट आएको अर्को गैंडाले गाउँले किसानका बालीनाली तहस नहस पारेको छ । यहाँका गैँडाकोट देखि विनयी त्रिवेणी सम्मका ४ नगर तथा गाउँ पालिकाको दक्षिणी सीमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्