उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी



कास्की । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् ।

संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा निकटतम प्रतिद्वन्द्वी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित विजयी श्रेष्ठले खसेको कूल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरे भने अधिकारीले ७ सय ८७ मत पाएका थिए ।

यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरे ।

प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी (ाजु) विजयी भए भने प्रतिष्पध्र्री गोपिचन्द्र बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरे ।

संघको द्वित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरे । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गर्दा श्रेष्ठले ८ सय ३१ मत प्राप्त ल्याएका थिए ।

महासचिव पदमा जानुका अधिकारी पराजुली विजयी भएकी छन् । उनले प्रतिद्वन्द्वी जव्नि तिवारीलाई पछि पारिन् ।

पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरे । यस्तै, उप–महासचिव पदमा भरतराज ओझा र कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्