आत्महत्या न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम

चार आर्थिक वर्षमा १ सय १८ जनाले गरे आत्महत्या 



लमजुङ। 

लमजुङको सदरमुकाम बेंसीशहरमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भएको छ । जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्न सबैको दायित्व रहेको प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख पूर्ण बहादुर गुरुङले बताए।

मानिसहरु शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुनुपर्ने साथै समुदाय र घरपरिवारको सदस्यमा भएको मानसिक समस्य नयूनिकरण गर्नका लागि परिवारका सदस्य विच भएको दुरीलाई कम गर्नु पर्ने बताउँदै आत्महत्या न्यूनीकरणमा विद्यार्थीहरुको पनि महत्त्वपूर्ण भूमिका हुने हँदा विद्यार्थीहरुलाई समुदायमा आत्महत्याको सचेतना फैलाउन बेंसीशहर नगरपालिका प्रमुख पदमा गुरुङले आग्रह गरिन  ।

 मानिसहरु मानसिक र अध्यत्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्या जस्ता घटनाहरु  कम हुँदै जाने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।  आमा समूह, विद्यार्थी, युवा समूह, बृद्धबृद्धाको क्षेत्रमा पनि मानसिक समस्य हुने हुँदा उनीहरुको कुरा जिम्मेवारी व्यक्तिले समय निकाले उनीहरुको कुरा सुनिदिएमा पनि आत्महत्या जस्ता परिस्थिति सिर्जन नहुने उनको भनाई छ ।

पत्रकारको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक अध्यक्ष नवराज पहाडीले आत्मअत्या न्यूनीकरणका लागि जिल्लाका पत्रकारहरुले पनि कुन ठाँउबाट के गर्न सकिन्छ भनी कलम चलाउँदै आएको बताए । साथै आत्महत्या पछि परिवारलाई त पिडा भयो तर के कारण आत्महत्या भएको भनी प्रहरीबाट खोजतलास नभएको आत्महत्यामै सिमिति रहेको यसको लागि सारोेकारवालहरु पनि एक भएर लाग्नु पर्ने र बहस उठाउनु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले  जिल्लामा भएका आत्महत्याकोबारे जानकारी गराउँदै आर्थिक वर्ष ०७७/०७८ मा ३५ जनाले आत्महत्या गरेको जानकारी दिए।

 त्यसै गरी ०७८/०७९ मा ३८ जना, ०७९/०८० मा ३९ जना र ०८०/०८१ हाल सम्मको ६ जना गरी चार आथिक वर्षमा एक सय १८ जनाले आत्महत्या गरेकोे तथ्यङक प्रस्तुत गरिएको थियो।

 प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलको अध्यक्षता तथा बुद्धि सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्