एमाले लुम्बिनीमा जुटेन सहमति, निर्वाचनबाटै नेतृत्व चयन गरिने



बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारबीच आज मतदान हुँदैछ ।

सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेपछि उनीहरुबीच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।

प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।

तर, दुवै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो । दुवै जना उम्मेदवारमध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।

उम्मेदवारी दर्ताको समय आज बिहान १० बजेसम्म रहेको छ । यद्यपि, यसैबीच सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोसिस भने जारी रहने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्