मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



स्याङ्जा । 

अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा  कालीगण्डकी गाउँपालिकाका ८ विद्यालयको सहभागितामा प्रतियोगिता  शुक्रबार सम्पन्न भएको हो।

 उक्त  प्रतियोगितामा जनता माध्यमिक विद्यालय बिर्घा अर्चलेका छात्रा राधा पाण्डेय प्रथम, देउराली मा.वि का छात्र विष्णु पाण्डेय द्वितीय र जनहित मा.वि.का छात्रा एन्जिला रानाले तृतीय स्थान प्राप्त गरे।

विजेताहरूलाई  कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए  ।

कार्यक्रममा  गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, वडा नम्बर ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माविका प्रधानाध्यापक केशर पाण्डे क्षेत्री, पुस्तकालयका कोषाध्यक्ष चुमकला पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए  ।

कार्यवाहक अध्यक्ष हिमलाल पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव नारायण प्रसाद पाण्डेले गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्