कैलालीमा एक युवक आफ्नै घरभित्र मृत फेला



धनगढी ।

कलालीको जमुनानगरका एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–७ जमुनानगरका २२ वर्षीय उत्तम वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्।

आज १२: १० बजेको समयमा आफ्नै एक तले ४ कोठे घरको आफु सुत्ने कोठामा वली मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्