सिटिजन्स बैंकद्वारा ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण


काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ।

बैंकको जुम्ला शाखामार्फत विद्यालयमा आयोजित कार्यक्रममा स्वेटर हस्तान्तरण गरिएको हो। ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई जाडोयाममा विद्यालय जान सहज बनाउने उद्देश्यले स्वेटर वितरण गरिएको बैंकले जनाएको छ।

बैंकले आगामी दिनमा पनि शिक्षा, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।