आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि अपिल



काठमाडौं ।

पिटर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । गोरखा भिमसेन थापा-६का कासिनाथ भट्ट र गिता भट्टको छोरा २६ वर्षीय पिटर भट्टको केही समयदेखि शरिरमा नीलोदाग देखिए लगतै  उपचारकाे लागी वीर अस्पताल  लगियो।  चेक गर्दा रगतमा प्लेटेलेट्स र सेतो रक्त (WBC) को मात्रा कम देखिएको हुँदा उनलाई आकस्मिक कक्षमा भर्ना गरेर राखिएको थियो ।

उक्त अस्पतालमा एक महिनासम्म पनि स्वास्थ्यमा कुनै सुधार नआएको कारणले गर्दा तुरुन्तै सिविल सर्विस अस्पतालमा लगियाे  । सिविल अस्पतालमा पनि स्वास्थ्यमा कुनै सुधार नभएको कारण तुरुन्तै नयाँ दिल्लीस्थित रााजिब गान्धी क्यान्सर तथा रिसर्च अस्पतालमा  भर्ना गरिएकाे छ । अहिले नयाँ दिल्ली उपचारत छन् ।

उक्त अस्पतालमा केही दिनको उपचारपछि डाक्टरको टीमले बिरामीको शरिरमा स्टेम सेल ट्रान्सप्लान्ट गर्नु पर्ने बताए ।  त्यस उपचार विधि धेरै नै खर्चिलो हुने हुँदा परिवारको आर्थिक अवस्थाले उपचार गर्न कठिनाई भएकोले उनको उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।

उनलाई सहयोग गर्न चाहनेले Kashi nath bhatta A/N = 09005080014045 (Nimb bank) kamaladi kathmandu नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्