खेलाडीको ओंठमै किस गरेपछि…



लन्डन, (एजेन्सी) । स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले महिला विश्वकप विजेता टोलीकी एक खेलाडीलाई किस गरेपछि आलोचित बन्न पुगे । रुबियालेसले जेनी हर्मोसोको ओठमै किस गरेका थिए । आइतबार फाइनलमा इंग्ल्यान्डलाई हराएर स्पेनले महिला विश्वकप जितेको थियो । सोही प्रतियोगिताको ट्रफी वितरण समारोहमा यो घटना भएको हो ।

हर्मोसोले यस्तो घटना आफुलाई मन नपरेको बताइन् । तर, पछि उनले कुरा परिवर्तन गरेकी थिइन् । उनले बताइन्—यो खुशीमा अकस्मात भएको घटना थियो । यो सामान्य पनि हो । विश्वकप जितेको खुशीमा निस्केको संकेत हो ।

त्यस्तै स्पेनी सरकारअन्तर्गत एक मन्त्री इरेन मोन्टेरोले पनि यस्ता क्रियाकलाप अपाच्य रहेको बताएकी थिइन् । तर, रुबियालेसले स्पेनी प्रसारण कोपमा बताए—यो दुई मित्रबिचको खुशीयाली हो । कसैले यसलाई अर्कै सोच बनाउँछन् भने तिनीहरु मुर्ख मान्छेहरु हुन् । यसलाई बिर्सिदिऔं र राम्राको लागि खुशियाली मनाऔ ।

प्रतिक्रिया दिनुहोस्