प्रेमीको पाखुरामा दिशा पटानीको ट्याटु



फिल्म र करियरका कारणभन्दा पनि प्रेम जीवनका कारण सञ्चार माध्यममा छाइरहने बलिउड अभिनेत्री हुन् दिशा पटानी।

करिब एक वर्षअघि मात्र अभिनेता टाइगर श्राफका साथ प्रेम सम्बन्ध टुटेको उनी हाल भने कथित नयाँ प्रेमीको ट्याटुका कारण चर्चामा छिन्। अभिनेता तथा मोडल अलेक्जेन्डरले आफ्नो पाखुरामा दिशाको अनुहारको ट्याटु खोपेका भिडियो सामाजिक सञ्जजालमा भाइरल भएसँगै उनको नयाँ प्रेम सम्बन्धको चर्चा पनि बाक्लै भइरहेको छ।

करिब ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेका अभिनेता टाइगर र दिशाको सम्बन्ध भने अहिले साथीको रुपमा मात्र सीमित रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन्। ६ वर्षको सम्बन्धमा उनीहरुबीच एकपटक ब्रेकअप पछि फेरि प्याचअप भएको थियो। तर, पछिल्लो एक वर्षयता दिशा र टाइगरबीचको सम्बन्धमा उतारचढाव आइरहेको थियो। अभिनेता टाइगर श्राफ दिशा पटानीसँगको ब्रेकअपपछि भने दिशा धानुकाका साथ प्रेममा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्