एक भगवत् गीताको फरक क्यारेक्टर फरक लुक्स



लोकप्रिय अभिनेत्री तथा सफल निर्मात्री एवं निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म एक भगवत् गीताको क्यारेक्टर लुक्स पोस्टर सार्वजनीक गरिएको छ।

सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र बाल कलाकारलाई प्रस्तुत गरिएको छ। गत शुक्रबार सार्वजनिक फिल्मको क्यारेक्टर लुक्स पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा छन्। धिरज गुरुङ पहिरनमा चित्रित छन्। सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ। त्यस्तै, विपिन कार्की टझान्सजेन्डर लुक्समा छन्।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतले पनि अभिनय गरेका छन्।

सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा सुनिलकुमार थापाद्वारा निर्मित फिल्ममा कथा पनि निर्देशक झरना थापा स्वयंकै छ भने पटकथा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्ण, संवाद परिक्षेद र पुरुषोत्तम, संगीत हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिक, कोरियोग्राफी कविराज गहतराज, द्वन्द्व हिमाल केसी, ब्याकग्राउण्ड स्कोर शैलेश श्रेष्ठ, छायांकन राजेश श्रेष्ठ र सम्पादन मित्र डि गुरुङको रहेको छ।

छायांकनमा जाँदा फिल्मको नाम भगवत् गीता थियो भने पछि शिर्षकको अगाडि एक थपेर केही फिल्मको टिजर सार्वजनिक गरिएको थियो। टिजर सार्वजनीक भएपछि अभिनेता विपिन कार्कीको टझान्सजेन्डर लुक्स चर्चामा छ।

एक भगवत् गीता अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित चौथो फिल्म हो। उनीद्वारा यसअघि निर्देशित ए मेरो हजुरका तीनवटै सिरिज सफल छन्। अगामी भाद्र २९ गते अल नेपाल रिलीज हुने फिल्म काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्रीकृष्ण फिल्म्स्ले वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्