आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरकाे भाउ स्थिर



काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४४ रूपैयाँ २५ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसामा काराेबार हुने भएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.३५ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम हुदाँ दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९४ पैसा कायम गरिएकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ तथा  मलेसियन रिंगिट एकको खरिद दर २८.५५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६८ रुपैयाँमा काराेबार हुने जनाइएकाे छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.८१ पैसा  विक्रीदर ४३२.७६ पैसा मुल्य ताेकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्