स्पेन पहिलोपटक फाइनलमा



AUCKLAND, NEW ZEALAND – AUGUST 15: Olga Carmona of Spain celebrates after scoring her team’s second goal during the FIFA Women’s World Cup Australia & New Zealand 2023 Semi Final match between Spain and Sweden at Eden Park on August 15, 2023 in Auckland / Tāmaki Makaurau, New Zealand. (Photo by Jan Kruger – FIFA/FIFA via Getty Images)

लन्डन, (एजेन्सी) । स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको खेलमा उपाधि दावेदार स्वीडेनलाई पराजित गर्दै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको हो । स्वीडेनलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । तर, यसपटक स्पेनले सानदार प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भयो ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गाले गोल गर्दा स्वीडेनकी रेविका ब्लमभिस्टको गोल सान्त्वना बन्यो । खेलको अन्त्यतिर गोल निस्कदा खेल निकै रोमाञ्चक बनेको थियो । ४२औं मिनेटमा ओल्गा कारमोनाको खराव क्लियरेन्सलाई नाथालि विजर्नको भली क्रसलाई फ्रिडोलिन रोल्फोको वान टच प्रहारलाई स्पेनकी गोलरक्षक काटालिन कोलले डाइभ दिदै बचाउँदा स्वीडेन अग्रता लिनबाट चुक्यो ।

खेलको ७०औं मिनेटमा स्पेनले अग्रता लिने मौका खेर फाल्यो । जेनिफर हर्माेसोको कट ब्याक पासमा अल्वा रेडोन्डोको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरियो । ८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । जेनिरफर हर्माेसोको प्रहारलाई नाभारो र एन्डरसनले ब्लक गरेपनि बाउन्स भएको आएको बललाई साल्माले जाली चुमाईन् ।

८८औं मिनेटमा रेविका रेविकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले लिना हुर्टिगको पासमा गोल गर्न सफल भइन् । त्यसको उक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनल पु¥याइन् ।

स्पेनसँगको हारसँगै सबैं संस्करणमा सहभागी भएको स्वीडेन यसपटक पनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन । स्वीडेन गत संस्करण सन् २०१९, १९९१ र २०११ मा सेमिफाइनलबाट बाहिरिएको थियो । स्वीडेन तीनैपल्ट तेस्रो भएको छ । अब स्पेनले उपाधिका लागि २० अगस्टमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्