साकारको र्याप म्याजिक ट्रेन्डिङमा



लिटिल बुद्धका रुपमा परिचित र्यापर तथा गायक साकारले ल्याएको नयाँ गीत म्याजिकको ८८ सेभेज गड फिचर्ड गीतको भिडियो नेपाल, अस्ट्रेलिया र यूएईमा ट्रेन्डिङमा परेको छ।

साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ ३ मा, अस्ट्रेलियामा १४ र यूएईमा १३ मा छ। गीतको भिडियो हालसम्म पाँच लाख बढी दर्शकले हेरिसकेका छन्। साकारले म्याजिक झन्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए। भिडियोको निर्माण झोलेले नेतृत्व गरेको एनएफटीपी टिमले निर्माण गरेको छ। भिडियोमा टिमकै निर्देशन, सम्पादन र भीएफएक्स छ। भिडियोमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्