वानर सेना नेपालअघि क्यानडामा



आगामी असोज २६ गते रिलिज हुने फिल्म वानर सेना क्यानडामा पनि प्रदर्शन हुने भएको छ।

फिल्मका निर्माता युवराज गिरीका अनुसार आगामी भाद्र २ र ४ गते क्यानडामा देखाइने फिल्मका लागि सम्पूर्ण टिकट अहिले नै बिक्री भइसकेको छ। फिल्मको विशेष शो क्यानडाको विनिपेग फिल्म ग्रुप थिएटरमा हुनेछ। गिरी ग्रान्ड फिल्म्स्को प्रस्तुतिमा निर्मित फिल्ममा यसका निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनीता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल, विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन्। फिल्ममा निर्देशक गिरीको कथा, पटकथा, संवाद र गीत, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, प्रवीण ढकालको कलर, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स विनोद, सापकोटाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। युवराज गिरीको लगानी रहेको फिल्म करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्