आरहन्त र कृष्णाले गरे उपाधि रक्षा



 काठमाडौँ । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा र कृष्णा थापाले शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा आ–आफ्नो उपाधि रक्षा गरेका छन् । प्रतियोगिता अन्तर्गत पुरुष एकलको स्पर्धामा अरहन्तले उपाधि रक्षा गरेका हुन् । अरहन्तले फाइनलमा शनिबार सम्पन्न फाइनलमा दिपक थापालाई ११–६, ११–४ र ११–८ ले पराजित गरे ।

त्यसैगरी महिला एकलमा कृष्णा थापाले पनि उपाधि रक्षा गर्न सफल भइन् । कृष्णाले विपना ब्लोनलाई सोझोसेटमा ११–६, ११–९ र ११–९ ले हराइन् । कृष्णाले गत वर्ष पनि विपनालाई नै हराएर उपाधि जित्नतेकी थिइन् । विपनाले गत वर्ष नवौँ राष्ट्रिय खेलकुदमा महिला एकलमा स्वर्ण जितेकी थिइन्।

यसैगरी ब्वाइज यू–१९ मा पासाङ ब्लोनले विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ ले पराजित गर्दै उपाधि जिते । यस प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । पासाङ प्लेट च्याम्पियनसिपमा पनि च्याम्पियन बनेका थिए । ।

त्यस्तै मास्टर्स (प्लस ५०) एकल विधामा प्रवीणवीर सिंह कसाकार विजेता बने । उनले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ ले हराए । पुरुष तथा महिला एकलतर्फको विजेता २१ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान हासिल गर्नेले ५÷५ हजार रुपैयाँ प्राप्त गरे । ब्वाइज यू–१९ का विजेताले ११ हजार, उपविजेताले ६ हजार र तेस्रो स्थान हासिल गर्नेले ३ ÷३ हजार रुपैँया प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्