नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ


काठमाडौं।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।
श्रेष्ठले बिहीबारदेखि औपचारिक रूपमा नयाँ जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हालेसँगै उनले सञ्चारमाध्यमसँग सहकार्य गर्दै अघि बढ्ने र रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् ।

यसअघि सहायक रथी राजाराम बस्नेतले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । गत वर्ष असारमा प्रवक्ता नियुक्त भएका बस्नेतलाई हाल प्रधानसेनापति अशोकराज सिग्देलको सचिवालयमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।