इंग्ल्यान्ड र सहआयोजक अस्टे«लिया सेमिफाइनलमा



काठमाडौं । युरोपेली च्याम्पियन इंग्ल्यान्ड र सहआयोजक टोली अस्टे«लिया जारी महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शनिबार भएका क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले कोलम्बियालाई २–१ ले हरायो भने अस्टे«लियाले भने सडेन डेथमा जित्दै अन्तिम चारको यात्रा तय गरेको हो । अस्टे«लियाले उपाधि दावेदारमध्ये एक टोली फ्रान्सलाई हराएको थियो ।

गत विश्वकप २०१९मा अस्टे«लिया पेनाल्टी शूटआउटमा दुर्भाग्य हुँदा अन्तिम १६ बाटै बाहिरिनु परेको थियो । यसपटक अस्टे«लियाले पेनाल्टी शूटआउटमा जित हासिल ग¥यो । ब्रिस्बेन रंगशालामा भएको खेलमा फ्रान्स र अस्टे«लियाले पटक पटक गोल गर्ने अवसर प्राप्त गरेपनि गोल गर्न सकेनन् । यद्दपि १ सयौं मिनेटमा भएको आत्मघाती गोलले यदि मान्यता प्राप्त गरेको भए शायद अस्टे«लियाको यो विश्वकप यात्रा यही सकिने थियो ।

१ सयौं मिनेटमा कर्नर प्रहारमा आएको बललाई अस्टे«लियाकी डिफेन्डर एलाना केनेडीले हेड गर्दा बलले आफ्नै पोस्टको जाली चुम्न पुगेको थियो । यो गोललाई रेफ्रीले अमान्य घोषित गरिदिँदा फ्रान्स निरास भयो भने रंगशाला उपस्थित करिब ४० हजार घरेलु दर्शकमा खुशीको लहर फैलिएको थियो ।

अतिरिक्त समयमा पनि गोल आउन नसकेपछि पेनाल्टी शूटआउटमा खेलको निर्णय गर्नु प¥यो । पेनाल्टी प्रहार पनि खेल जस्तै बराबरीमा चलिरहेको थियो । पेनाल्टी शूटआउटमा ३–३ गोल बराबरी भएपछि सडेन डेथमा निर्णयको लागि खेल पुग्यो । यसमा दुबैतर्फबाट ३–३ गोलभएपछि ६–६ बराबरीमा आयो । २० औं पेनाल्टी प्रहारमा कर्टनी भाइनले विजयी गोल गर्दै अस्टे«लियालाई पहिलो पटक विश्वकपको अन्तिम ४ मा पु¥याइन् । उनी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदानमा आएकी थिइन् ।

पेनाल्टी शूटआउटमा अस्टे«लियाकी गोलकीपर मेककेन्जी आर्नोल्डले फ्रान्सको चार प्रहारलाई बचाएकी थिइन् । तर, आर्नोल्डले नै पाँचौ पेनाल्टी प्रहार गोल गर्न नसकेपछि निर्णय सडन डेथमा गर्नु परेको थियो । उनको प्रहार गोल भएमा अस्टे«लिया विजयी हुने थियो । उनको प्रहारले गोलको दिशा लिन सकेन । तर, उनले विपक्षी खेलाडीको प्रहार बचाएर आफ्नो गल्तीलाई मेटाउन सफल भइन् ।

फ्रान्स फेरि क्वार्टरफाइनलमै रोकियो

गत विश्वकप २०१९ फ्रान्समा भएको थियो । त्यतिबेला फ्रान्सले पहिलो विश्वकप उपाधि जित्ने अनुमान लगाएको थियो । यसको ठीक एक वर्षअघि फ्रान्सको पुरुष फुटबल टोलीले विश्वकप जितेको थियो । लगातार दोस्रो वर्षमा पनि थप विश्वकप जित्ने आशा बनेको थियो । तर, क्वार्टरफाइनलमा अमेरिकाले फ्रान्सलाई निरास तुल्याइदियो । यसपटक पनि टोली अन्तिम ८ भन्दा माथि जान सकेन ।

पेनाल्टी शूटआउटको लागि नियमित गोलकीपर पेयराउड म्याग्नीनको स्थानमा वैकल्पिक गोलकीपरलाई मौका दिइएको थियो । सोलेन डुरान्डले अस्टे«लियाको तर्फबाट प्रहार दुई पेनाल्टी बचाएकी थिइन् । डुरान्डले एक हातले प्रहार बचाएकी थिइन् । यो गोल भएमा अस्टे«लियाले जित्ने थियो । यो बचावपछि फ्रान्सको लागि जित्ने मौका उनले सिर्जना गरिदिएकी थिइन् । तर, फ्रान्सका लागि विजयी गोल गर्न आएकी बेकोले गरेको प्रहार पोलमा ठोक्कियो । यसपछि भाइनले कुनै गल्ती नगरी गोल गरेपछि फ्रान्सको अस्टे«लिया यात्रा समाप्त भयो ।

इंग्ल्यान्डको पुनरागमन जित

कोलम्बियाले गोल गरेको केही मिनेटमै गोल फर्काएर इंग्ल्यान्डले जारी महिला विश्वकपमा पुनरागमन जित निकाल्यो । खतरनाक देखिएको कोलम्बियालाई २–१ ले हराउँदै इंग्ल्यान्डले अस्टे«लियासँग खेल्ने तय समेत गरेको हो । सिड्नी रंगशालामा भएको खेलको ४४ औं मिनेटमा कोलम्बियाकी लेसी सान्टोसले गोल गरेकी थिइन् । लउरेन हेम्पले पहिलो हाफको इन्जुरी समयको छैटो मिनेटमा गोल गरेर खेल १–१ बराबरीमा पु¥याएकी थिइन् ।

हेम्पको यो करियरको १२ औं अन्तर्राष्ट्रिय गोल हो भने जारी प्रतियोगितामा दोस्रो थियो । कोलम्बियाकी गोलकीपर क्याटालिना पेरेजले बल राम्ररी नियन्त्रणमा लिन नसकेको फाइदा उठाउँदै हेम्पले गोल गरेकी थिइन् । दोस्रो हाफमा एलेसीया रुसोले इंग्ल्यान्डको दोस्रो गोल गरिन् । उनको यो चार विश्वकप सहभागितामा पहिलो गोल थियो भने यो गोलले उनको टोलीलाई अन्तिम चारमा पु¥याएको छ । २०१९ मा अमेरिकासँग र २०१५ मा जापानसँग पराजित भएको इंग्ल्यान्डको विश्वकपमा यो लगातार तेस्रो सेमिफाइनल यात्रा पनि हो ।

प्रतिक्रिया दिनुहोस्