पुटिनका कट्टर विरोधी नेतालाइ थप १९ वर्ष जेल सजाय



मस्को ।

हाल जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसी अदालतले थप जेल सजाय तोकेको छ ।

हाल जेलमा रहेका बिपक्षी नेता नाभाल्नीलाई शुक्रबार थप १९ वर्षको जेल सजाय सुनाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई सजाय सुनाइएको यो तेस्रो मात्रै होइन, लामो जेल सजाय पनि हो।

राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक रहेका ४७ वर्षीय नाभाल्नी ठगी र अन्य कथित अपराधमा ११ वर्षभन्दा बढी जेल सजाय भोगिरहेका छन्। नाभाल्नीलाई चरमपन्थी संगठन स्थापना र त्यसका गतिविधिलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्