बिहानै बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २२ जना घाइते



मेक्सिको सिटी । पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ ।

सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका न् भने अन्य २२ जना घाइते भएका छन् । यद्यपि उनको अवस्था स्थिर रहेको बताइएको छ ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए ।

खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको थियो। मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो ।

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रवरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्