काटीले तोडिन् फेल्प्सको रेकर्ड



लन्डन, (एजेन्सी) । अमेरिकाकी क्याटी लेडेकिले विश्व पौडी च्याम्पियनसिपमा ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै विश्व कीर्तिमान बनाउन सफल भएकि छन् ।

इतिहासकै सर्वश्रेष्ठ महिला पौडी खेलाडीको रुपमा आफुलाई उभ्याउने क्रममा काटीले ८ सय मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा दुईवटा किर्तिमान बनाएकी हुन् । २६ वर्षीय क्याटीले विश्व च्याम्पियनसिपको एउटै प्रतिस्पर्धामा ६ पटक जित्ने पहिलो पौडी खेलाडी बन्दै विश्व कीर्तिमान बनाएकी हुन् ।

विश्व च्याम्पियनसिपमा क्याटीको यो १६औं व्यक्तिगत स्वर्ण पदक हो । क्याटीले यस्तो कीर्तिमान बनाएपछि उनले अमेरिका चर्चित पौडी खेलाडी माइकल फेल्प्सको विश्व च्याम्पियनसिपमा सवैभन्दा बढी स्वर्ण पदक जित्ने कीर्तिमान समेत तोडेकी छन् । क्याटीले प्रतियोगिताको ८ सय मिटर फ्रिस्टाइल आठ मिनेट ८.८७ सेकेण्डमा पुरा गरेकी थिइन् । त्यस्तै, उनले १५ सय फ्रिस्टाइलमा पनि स्वर्ण पदक जितिइन् ।

प्रतिक्रिया दिनुहोस्