होएलन्डको तुलना हालान्डसँग



 लन्डन, (एजेन्सी) । फुटबलर अर्लिङ हालान्ड र रास्मस होएलन्डबिच तुलना गरिएको छ । दुबै जना ६ फिट अग्ला छन् भने दुबैको केश समान रहेको छ । दुबै जना खेलको अन्तिमतिर विपक्षीविरुद्ध निर्दयी बन्छन् । दुबै जना एउटै शहर म्यानचेस्टका क्लबबाट आउँदो सिजनमा खेल्नेछन् ।

शनिबार म्यानचेस्टर युनाइटेडले ७२ मिलियन पान्डमा २० वर्षीय होएलन्डलाई इटालियन टोली एटलान्टाबाट आबद्ध गरेको थियो । उनले प्रिमियर लिगमा के ल्याउनेछन् र युनाइटेडको आक्रमकलाई कस्तो बनाउनेछन् ? त्यो खेलपछि नै थाहा हुनेछ । उनी साँच्चिकै म्यानचेस्टर सिटीका हालान्डलाई चुनौती दिन सफल होला ? यो प्रश्न पनि अहिले समर्थकको मनमा रहेको छ ।

होएलन्डले सिनियर करियर कोपेनहेगनबाट १७ वर्षको उमेरमा २०२० मा शुरु गरेका हुन् । डेनमार्कका खेलाडीले २०२२ जनवरीमा १९ खेलमा गोल गर्न नसकेपछि क्लब छाडेका थिए । उनी यसपछि अस्ट्रियाको टोली स्टर्म गराजमा आबद्ध भए । २०२१–२२ सिजनको दोस्रो हाफमा उनले हरेक खेलमा गोल गरेका थिए ।

गत सिजनमा होएलन्डले सिरी ए टोलीका लागि ४७ खेलबाट २० गोल गरेका थिए । मार्चमा उनले डेनमार्कका लागि दुई युरोपियन च्याम्पियनसिप छनोटमा ५ गोल गरेका थिए । उनको यसमा फिनल्यान्डविरुद्ध हेट्रिक समेत भएको थियो ।

तर, नर्वेका खेलाडी हालान्डसँग तुलना गर्दा होएलन्ड निकै टाढा छन् । हालान्डले म्यानचेस्टर सिटीका लागि गत सिजनमा ३५ खेलबाट ३६ गोल गरेका थिए । उनले हरेक ७७ मिनेटमा एक गोल गरेको तथ्यांक आएको थियो । होएलन्डले भने हरेक २ सय ४ मिनेटमा एक गोल गरेको पाइएको थियो ।

होएलन्डका लागि युनाइटेडमा मार्कस रासफोर्ड, एलेजान्ड्रो गामाचो र जाडोन सान्चोको टेवा हुनेछ । यसले प्रिमियर लिगमा युनाइटेडको आक्रमक विधा बलियो हुने अनुमान गरिएको छ । होएलन्डको बल छुने र छलाउने विधा भने हालान्डको भन्दा निकै राम्रो रहेको पनि बताइएको छ । युनाइटेडका मुख्य स्ट्राइकर रासफोर्ड नै बनिरहेका छन् । उनले हरेक १ सय४३ मिनेटमा एक गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्