बस र ट्रक ठोक्किँदा छ जनाको मृत्यु, ५३ जना घाइते



एजेन्सी।

मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा यात्रुबाहक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य ५३ जना घाइते भएका स्थानीय महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार जनाएको छ ।

स्थानीय समयअनुसार बिहान १ः०० बजे ला पिडाड–भिस्टा हर्मोसा राजमार्ग अन्तर्गत युरेकुआरो शहर नजिकै दुर्घटना भएको कार्यालयले जनाएको छ ।

“बाजा क्यालिफोर्नियाको सान क्विन्टिनबाट ओक्साकातर्फ जाँदै गरेको एउटा यात्रुबाहक बसले किराना सामान बोकेका दुईवटा खाली बाकससहितको ट्याक्टरट्रेलरलाई ठक्कर दिँदा आगलागी भएको र आगलागीबाट जलेर बसमा यात्रारत व्यक्तिको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

“दुवै सवारी साधनका चालकसहित छ जनाको मृत्यु भएको छ । मृतकको शव पहिचानका लागि फरेन्सिक सेन्टरमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्